Posts

चण्डीगढ़ बिश्वबिद्यालयमा अन्तर्राष्ट्रिय बिद्यार्थीको नयाँ व्याच २०१७ को स्वगत कार्यक्रम सम्पन

Image
चण्डीगढ़ बिश्वबिद्यालयले २०१७ व्याचमा बिभिन्न रास्ट्र बाट अध्यन गर्न आनुउभएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ स्वगत गर्ने धरणाले राखेको कार्यक्रम 'GALA NIGHT 2017 FOR INTERNATIONAL STUDENTS' सफलता पुर्वक सम्पन भएको छ। २०१५ र २०१६ व्याचका अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको प्रतिनिधितव्यमा भएको कार्यक्रममा नयाँ व्याचलाई विभिन देशका संस्कृतिक स्वरूप झल्कने नृत्य, गायन, कविता वचन, भिडियो प्रदर्शन आदि गरेर आफ्नो जुनियर साथीहरुलाई स्वगत गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि बिश्वबिद्यालयका प्रो. भि. सि. बि.एस. सोहिले दिपप्रजोलन गरेर उदघाटन गर्नुभएको थियो। सोहि कार्यक्रममा उहाँले भन्नु भेयो "यस किसिमको कार्यक्रमले गर्दा नै आज यस बिश्वबिद्यालयले आफ्नो नाम विभिन मुलुकमा राम्रो स्थानमा रहन सकेको छ।" यति मात्र होइन उहाँले भनुभयो "बिश्वबिद्यालयको जीवन भनेको जीवनकै महत्वपूर्ण पाटो हो र हामीलाई सफल बनाउनमा  हाम्रो साथी-संगतले धेरै ठुलो भूमिका खेल्ने गर्छ  त्यस कारण हेमेशा सजक भएर आफ्नो सपना पुरा गर्न नयाँ  बिद्यार्थीलाई  सुझव दिनु भएको थियो। ...

Chandigarh University Nepali Student Society लाई आजको दिन सम्म नियाल्दा

Image
चण्डीगढ़ आएको पनि दुई बर्ष पुरा भयो । यहाँ आएको केहि दिन नबित्दै नेपालबाट चण्डीगढ़ बिश्वविद्यालयमा अध्यन गर्न आउनुभएको प्राय साथीहरु संग घुलमिल भइयो । त्यसबेला त्यस्तै ५०-६० जना नेपाली विद्यार्थीहरु देशको विभिन्न स्थान बाट फरक-फरक बिषयमा अध्यनका लागि आउनुभएको थियो । कोहि पुर्बी नेपालको बिराटनगर देखि लिएर पश्चिमको विकट जिल्ला रोल्पा सम्मका थिए । साथीहरु कोहि इजिनियरिन, कोहि होटल व्यवस्थापन, बि.बि.ए, कृषि आदि अध्यन गर्न आउनुभएको थियो । हाम्रो आगमन चण्डीगढ़ बिश्वविद्यालयको लागि पनि केहि खास थियो किनभने नेपाल बाट यत्रो विद्यार्थीको जमात बिश्वविद्यालय पहिलोपटक आएका थिए । हाम्रो मात्र होइन बिभिन्न अफ्रिकन मुलुक र भुटान अनि आसपासका देश बाट पनि ठुलो सङ्ख्यमा विद्यार्थी बिश्वविद्यालय पहिलो पटक आएका थिए । तेहि भएर बिश्व विद्यालयले पनि धुमधामका साथ सबै बिदेशी विद्यार्थीहरुको स्वगत गर्यो । तेती बेला आउने प्राय सबै विद्यार्थीहरु खुशी नै देखिन्थे । समय बित्दै गयो, नेपाल बाट आएका हामी सबै एकै होस्टलमा थियौं तेहि भएर एक-अर्कामा राम्रो संग चिनापरिच्य हुदैँ गयो । मर्दापर्दा नजिकका आफ्ना साथीभाईहरु नै...