चण्डीगढ़ बिश्वबिद्यालयमा अन्तर्राष्ट्रिय बिद्यार्थीको नयाँ व्याच २०१७ को स्वगत कार्यक्रम सम्पन

चण्डीगढ़ बिश्वबिद्यालयले २०१७ व्याचमा बिभिन्न रास्ट्र बाट अध्यन गर्न आनुउभएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ स्वगत गर्ने धरणाले राखेको कार्यक्रम 'GALA NIGHT 2017 FOR INTERNATIONAL STUDENTS' सफलता पुर्वक सम्पन भएको छ। २०१५ र २०१६ व्याचका अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको प्रतिनिधितव्यमा भएको कार्यक्रममा नयाँ व्याचलाई विभिन देशका संस्कृतिक स्वरूप झल्कने नृत्य, गायन, कविता वचन, भिडियो प्रदर्शन आदि गरेर आफ्नो जुनियर साथीहरुलाई स्वगत गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि बिश्वबिद्यालयका प्रो. भि. सि. बि.एस. सोहिले दिपप्रजोलन गरेर उदघाटन गर्नुभएको थियो। सोहि कार्यक्रममा उहाँले भन्नु भेयो "यस किसिमको कार्यक्रमले गर्दा नै आज यस बिश्वबिद्यालयले आफ्नो नाम विभिन मुलुकमा राम्रो स्थानमा रहन सकेको छ।" यति मात्र होइन उहाँले भनुभयो "बिश्वबिद्यालयको जीवन भनेको जीवनकै महत्वपूर्ण पाटो हो र हामीलाई सफल बनाउनमा हाम्रो साथी-संगतले धेरै ठुलो भूमिका खेल्ने गर्छ त्यस कारण हेमेशा सजक भएर आफ्नो सपना पुरा गर्न नयाँ  बिद्यार्थीलाई  सुझव दिनु भएको थियो।  

त्यस्तै कार्यक्रमको सरुवातमा बिश्वबिद्यालय भित्र रहेको बिभिन्न मुलुका सामाजिक समुहका प्रमुखहरुले आफ्नो जुनियरहरुलाई मन्तव्य दिदै सम्बोधन गर्नु भएको थियो। कार्यक्रमको सुरवातमै नेपाली बिद्यार्थी राजेश चौधरीले तयार पार्नु भएको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। त्यस्तै सबैलाई समेट्ने हिसबले एक अन्तर्राष्ट्रिय नृत्य गरिएको थियो जसले दर्शकदिर्गमा रहनु गएको सबैको ध्यन खिच्न सफल भयो। कार्यकमलाइ अघि बढाउदै जाँदा बिभिन्न भाषाको गितहरु एकै मन्चमा सुन्न पाइयो। त्यसै क्रममा भारतको नैना तालका भाई आशिष त्रिपाठीले नेपाली र्याप प्रतिको आफ्नो माया झल्काउन र नेपःपका अभियन्ता यम बुद्ध प्रति समर्पित गर्दै उनकै गित 'साथी' गाएर सबैलाई चकित पारेका थिए। यस्तै यस्तै प्रस्तुती संगै साँझको ८ बजे कार्यक्रम समापन भएको थियो।  

कार्यक्रमका केहि तस्विरहरु:

कार्यक्रमको उद्घाटन गर्दै प्रो. भि. सि.  

अफ्रिकन साथीहरु डान्स गर्दै 

नेपालको राष्ट्रिय पोसाकमा साथीहरु सामुहिक तस्विर खिचाउदै 

विभिन देशका प्रतिनिधिहरु सामुहिक तस्विर खिचाउदै

थाईलेन्डका साथीहरु आफ्नो नृत्य प्रस्तुत गर्दै 

भुटानी साथीहरु आफ्नो  नृत्य प्रस्तुत गर्दै

अस्मिन भुजेल 
तस्विर : रोशन शाह 

       

Comments

Popular posts from this blog

Chandigarh University Nepali Student Society लाई आजको दिन सम्म नियाल्दा