Chandigarh University Nepali Student Society लाई आजको दिन सम्म नियाल्दा
चण्डीगढ़ आएको पनि दुई बर्ष पुरा भयो । यहाँ आएको केहि दिन नबित्दै नेपालबाट चण्डीगढ़ बिश्वविद्यालयमा अध्यन गर्न आउनुभएको प्राय साथीहरु संग घुलमिल भइयो । त्यसबेला त्यस्तै ५०-६० जना नेपाली विद्यार्थीहरु देशको विभिन्न स्थान बाट फरक-फरक बिषयमा अध्यनका लागि आउनुभएको थियो । कोहि पुर्बी नेपालको बिराटनगर देखि लिएर पश्चिमको विकट जिल्ला रोल्पा सम्मका थिए । साथीहरु कोहि इजिनियरिन, कोहि होटल व्यवस्थापन, बि.बि.ए, कृषि आदि अध्यन गर्न आउनुभएको थियो । हाम्रो आगमन चण्डीगढ़ बिश्वविद्यालयको लागि पनि केहि खास थियो किनभने नेपाल बाट यत्रो विद्यार्थीको जमात बिश्वविद्यालय पहिलोपटक आएका थिए । हाम्रो मात्र होइन बिभिन्न अफ्रिकन मुलुक र भुटान अनि आसपासका देश बाट पनि ठुलो सङ्ख्यमा विद्यार्थी बिश्वविद्यालय पहिलो पटक आएका थिए । तेहि भएर बिश्व विद्यालयले पनि धुमधामका साथ सबै बिदेशी विद्यार्थीहरुको स्वगत गर्यो । तेती बेला आउने प्राय सबै विद्यार्थीहरु खुशी नै देखिन्थे ।
समय बित्दै गयो, नेपाल बाट आएका हामी सबै एकै होस्टलमा थियौं तेहि भएर एक-अर्कामा राम्रो संग चिनापरिच्य हुदैँ गयो । मर्दापर्दा नजिकका आफ्ना साथीभाईहरु नै चाहिन्छ भन्ने भान सबैमा थियो । त्यसैले सबैको सल्लाह अनुसार आफ्नो देशको संस्कृति, भेषभुषा, पर्यटन लगायत देशको चिनारी बोकेको विषयलाई बिश्व विद्यालयमा हुने बिभिन्न कार्यकममा एक जुट भएर देखाउनु पर्छ र यति मात्र होइन अब आउने नयाँ विद्यार्थीहरुलाई सुचना र सहयोग होस् भन्ने हेतुले २०१५ अगष्टमा चण्डीगढ़ बिश्वविद्यालय नेपाली विद्यार्थी समाज (Chandigarh University Nepali Student Society) CUNSS को उदय भएको थियो । सुरूवातमा हामीले सामाजिक संजालबाट नेपाली समाज स्थापना गरेको घोषणा गरेउ । त्यसपछि सबैको चासो हामी माथि नै थियो र हामी केहि साथीहरु यस समाजलाई जसरी भएपनि पुर्ण रुपमा स्थापित गरेरै छाड्ने कसरतमा लागेऊ अनि नभन्दै २९ जेनवरी, २०१६ मा बिश्व विद्यालयमा अध्यनरत सबै नेपालीलाई खबर गरेर भेला गराएउ र चार सदस्य कमिटीको गठन भयो । जसमा दिनेश लिम्बू (वांग) सभापति, एलिना कुम्पाखा उपसभापति, रामप्रवेश पटेल सचिव र नम्खान थापा मगर कोषाध्यक्षमा छानिनुभएको थियो । उहाँहरुको कार्यकालको अवधि दुई वर्ष थियो जुन अबको केहि महिनामा सकिदै छ ।
![]() |
| पहिलो कमिटीको भेला हुँदा । तस्वीर: राजेश दाई |
कमिटि गठन पछि समाज स-सक्त रुपमा अघि बढ्यो । पहिलो चरणमा सबैलाई जोड्ने हर कोसिसमा लागि पर्यो अनि केहि हदसम्ममा सफल पनि भइयो । हामी सबै विद्यार्थी भएकोले समय मिलाउन निकै गारो पर्थ्यो । नेपालमा धेरै चाडपर्वहरुको छुट्टी हुन्थियो तर यहाँ धेरै कम हुने गरेकाले तेहि कम छुट्टीहरुलाई नै केहि खास गराउने रणनीतिमा CUNSS लागि पर्यो जस अनुरुप २०७३ सालको नयाँ बर्ष धुमधामका साथ मनाउने योजना भयो । आर्थिक सहयोग र अन्य सहयोग पहिने आशमा हामी इन्टरनेसनल डिपार्टमेन्ट धायौ र त्यहाँ बाट हामीले मागे अनुरुपको सहयोग उपलब्ध भयो । हामीले योजना बनाएको केहि दिनमा इन्टरनेसनल डिपार्टमेन्ट बाट खबर आयो संयोग बस थाइल्याण्डको सोङ्गक्रम पर्व र हाम्रो नयाँ बर्ष एकै दिन पर्ने रहेछ । उहाँहरुको सुझाव यहि थियो कि हरसम्भव भएसम्म मिलेर मनाउने । सोहीअनुसार हामी अघि सरेर झन् धुमधामका साथ कार्यक्रम गर्ने तिर लागेऊ । सबै उतिकै उत्साहित थिए कोहि नाच्ने, कोहि गित गाउने, अन्तत: तयारी राम्रो रहयो । हाम्रो सरह थाइल्याण्डका विद्यार्थीहरुको तयारी पनि उस्तै उत्साहा पुर्ण थियो । कार्यक्रम हुने दिन आयो त्यो दिन विशेष रहेछ पन्जाबमा बैशाखी मनाइदै थियो भने हामी नयाँ बर्ष अनि थाइल्याण्डका सोङ्गक्रम पर्व । कार्यक्रमका मुख्य अतिथि बिश्व विद्यालयका प्रो.भि.सी. बि.एस. शोही हुनुहुन्थ्यो । कार्यक्रम भब्य रुपमा सम्पन भयो । यस कार्यक्रमले CUNSS लाई अझ मजबुत बनायो । सबैले हौसला प्रदान गरे, सबैमा एक किसिमको उत्साहा थपिएको थियो ।
![]() |
| नयाँ बर्ष २०७३ को संस्कृति कार्यक्रम पछि खिचिएको ग्रुप फोटो । तस्बीर: राजेश दाई |
अगष्ट २०१६, मा नयाँ सेसन सुरु भयो क्रमसङ्ख्यमा राख्ने हो भने यो हाम्रो दोश्रो ब्याच । यो पल्ट पहिले भन्दा दोबर जति नेपाली विद्यार्थीका आगमन भए । CUNSS ले नयाँ विद्यार्थीहरुलाई मद्दत र सहयोग गर्न कुनै कसुर छाडेन यति मात्र होइन उनीहरुलाई एकीकृत भएर बस्नुपर्छ भनेर सबैलाई जोड्न सफल पनि भयो । यतिकैमा दशैँ नजिकदै थियो । त्यसलाई आधर मानेर सबैलाई एक जुट गराउने मनसायले बुक्स एण्ड कुक्समा दशैँ बिशेष कार्यक्रम गरियो । केहि छिन भएपनि आँफु नेपालमै छु र साथीहरु संग दशैँको रमाइलो गर्दैछु भन्ने भान सबैको आँखामा स्पष्ट रुपमा झल्केको देखिन्थियो । यो कार्यक्रम पनि सफल रुपमा सम्पन भयो । CUNSS ले आफ्नो उचाई थप्दै गयो ।
![]() |
| दशैँ कार्यक्रम २०७३ दोश्रो व्याचलाई स्वागत र एकिकरण भेला । तस्बीर: रोशन भाई |
फेरि नँया बर्ष २०७४ आयो, पहिले भन्दा यसपाली हाम्रो संख्या धेरै नै थियो । यसपाली झन् धेरै सहभागीता थियो । कार्यक्रम सफल हुनेमा कुनै दुई मत थिएन । यसपालीको कार्यक्रममा मुख्य अथिति भने चण्डीगढ़ बिश्व विद्यालयका सम्माननीय उपकुलपति आर.एस. बावा हुनुहुन्नथियो । उहाँले हामी र हाम्रो राष्ट्रलाई बिशेष रुपमा सम्बोदन गर्नु भयो, जसले हाम्रो सिर अझ उच्च बनाई दियो । सम्बोधनको बिचमै उहाँले नेपालको त्रिभुवन बिश्व विद्यालयलाई बिशेष रुपमा जोड्नु भयो र दुई देश बिचको सैक्षिक सम्बन्ध अझ मजबुत पार्न त्रिभुवन बिश्व विद्यालय संग छिटै नै सम्झौता गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । जुन कुरा केहि दिन अघि नै सम्पन भइसकेको छ ।
![]() |
| बिश्व विद्यालय हुने बिभिन्न संस्कृति कार्यक्रममा भाग लिदै र आफ्नो मौलिक निर्त्य प्रस्तुत गर्दै CUNNS का सदस्यहरु । तस्बिर: चण्डीगढ़ बिश्वविद्यालय |
अहिले चलिरहेको अगष्ट २०१७, नेपाल बाट तेश्रो ब्याच आउने क्रम बड्दो छ । सहयोग चाहिने र हाम्रो सम्पर्कमा रहनुभएकालाई हामीले सक्दो सहयोग गर्दै आएका छौं । हामीले सास्कृतिक कार्यक्रममा बाहेक अरु क्षेत्रमा काम गर्ने मौका पाएका थिएनौं । तेतिकैमा हामीलाई १३ अगष्ट २०१७, मा चण्डीगढ़ आसपासको ठाउँ पन्चुकुला, हरियाणा बाट एक व्यक्तिले फेसबुकमा एकदमै महत्वपूर्ण मेसेज पठाउनु भयो । जुन कुरालाई सम्बोधन गर्न हामीलाई ठुलै चुनौती थियो । उहाँको गाउँमा एक जान नेपाली परिवार गएको २० बर्ष देखि बसोबास गर्दै आएको रहेछ । त्यो ५ सदस्य परिवारमा त्यस दिन ठुलो बज्रपात भएछ । घरका मुली मान्छे प्रेम बहादुर, जो आँफु र आफ्नो परिवारको जीविकापार्जनका लागि आसपासको क्षेत्रमा रिक्सा चलाउने काम गर्थे । जसको त्यस दिन दुर्घटनामा परेर मृत्यु भएछ । उहाँको २ जान छोरी, १ छोरा अनि बोल्न नसक्ने श्रीमती रहिछिन् । मेसेजमा लेखिएको थियो । उहाँहरु त्यहाँ बाहालमा बस्दै आउनुभएको रहेछ । उहाँको आग्रह थियो, यस्तो दुख्त घडीमा परिवारलाई आफ्नो मान्छेको धेरै खाँचो हुन्छ तपाईहरु केहि सहयोग गर्न सक्नुहुन्छ कि ? तुरुन्त CUNSS को सभापति दिनेश जी ले रिप्लाई दिहल्नु भयो “हामी सक्ने सहयोग उहाँहरुलाई गर्ने छौं ”। सोहीअनुसार सबै सदस्यहरुलाई यस बारे सूचित गराइयो । सबैको उस्तै धारण आयो सदस्यहरुमा सक्दो चन्दा संकलन गर्ने र दिने सबैमा उठाउने । यति मात्र होइन इन्टरनेसनल डिपार्टमेन्टका स्टाफ करनजीत सरले पनि महत्वपूर्ण सहभागी जनाउनुभएको जसले हामीलाई अझ हौसला प्रधान गर्यो । हामीले १२ हजार रुपयाँ उठौंन सफल भयौ । १५ अगष्ट, २०१७ का दिन पिडित परिवरलाई रकम हस्तान्तरण गर्न केहि सदस्य पिडितको गाउँ तिर लागेऊ । उहाँहरुको अवस्ता निकै दयनीय थियो । हामीलाई देखेर होला उहाँहरुका अनुहारमा एक किसिमको हसिलो पन देखिन्थियो तर अबसोस: दुखको समयमा कहाँबाट कुरा सुरू गर्ने मेसो पाउन गारो भयो । त्यस ठाउँका गाउँबासि एकदमै सहयोगी भवनका रहेछन् अहिले सम्म उनीहरुले नै हेरचाह, काजक्रिया गर्न मद्दत गरेका रहेछन् । हामीले उहाँको नाममा थोरै रकम संकलन गरेर ल्याएको छौ अनि हस्तान्तरण गर्नु चाहन्छौ भनिउ । गाउँका आग्रजहरुले “तपाईहरुले संकलन गर्नु भएको पैसा पिडितको छोरा-छोरीको पढाईमा खर्च होस् जसको लागि ठुली छोरीको बैंक खातामा हल्दिनुस भनुभयो” । सोहीअनुरुप भोलिपल्ट हामीले रू. १०,०५१ हालिदिएउ, आशा छ थोरै भएपनि उहाँको परिवारलाई सहयोग पुग्नेछ । यसरी CUNSS अगि बढिरहेको छ ।
![]() |
| स्वर्गीय. प्रेम बाहादुर पुनका परिवार र CUNSS का सदस्य साथीहरु सामुहिक फोटो खिचाउदै । तस्बीर: रोशन भाई |
हेर्दा-हेर्दै हामी तेश्रो बर्षमा प्रबेस गरेका छौं । अझ हाम्रो जमात बढ़दो छ । केहि महिना भित्रै नयाँ कमिटी गठन हुदैछ । आशा छ अनन्तकाल सम्म CUNSS चण्डीगढ़ बिश्वविद्यालय भित्र महत्वपूर्ण समाजको रुपमा रहने छ । सबैलाई शुभकामना ! जय नेपाल
अस्मिन भुजेल
इन्जीनियरिंग तेश्रो बर्ष
ईमेल: asminbhujel@gmail.com
फेसबुक: facebook.com/asminbhujel





Comments
Post a Comment